सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै

सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिउँसो १:३० बजेका लागि फुलकोर्ट बैठक बस्न लागेको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले दुई हप्तादेखि निरन्तर धर्नामा हुनुहुन्छ । त्यस्तै बुधबार इजलास बहिष्कार गर्दै आउनुभएको न्यायाधीशहरुले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने समझदारी गर्नुभएको थियो । प्रधान न्यायाधीशले बिहीबारका लागि फुलकोर्ट बोलाउन मुख्य रजिस्ट्रारलाई भन्नुभएको थियो ।

सोही अनुसार आज प्रधानन्यायाधीश जबराले आजका लागि फुलकोर्ट बैठक बोलाउनुभएको हो । बैठकमा इजलास गठनमा गोलाप्रथा लागू गर्ने विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्