रगत रोकेर नेपाली काँग्रेस मोरङ उपसभापतिको भोट माग्दै रेडक्रसका निवर्तमान सभापति सुवोध सिंह

<span class='c1'>रगत रोकेर नेपाली काँग्रेस मोरङ उपसभापतिको भोट</span> <span class='c2'>माग्दै रेडक्रसका निवर्तमान सभापति सुवोध सिंह</span>

विराटनगर । नेपाल रेडक्रस मोरङ शाखामा नयाँ तदर्थ समिति गठन गरेपछि पुरानो समितिले तालावन्दी गरेको छ । केन्द्रीय समितिको कार्तिक २३ गतेको निर्णय अनुसार सभापतिमा तारानाथ भट्टराई नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन भएको थियो ।

केन्द्रले तदर्थ समिति गठन गरेपछि सुवोध सिंह सभापति रहेको पुरानो समितिले मोरङ शाखामा तालाबन्दी गरेको छ । तालाबन्दीसँगै गोदाममा रहेका ब्लडब्याग समेत थुनिएका छन् । त्यसले आवश्यक पर्ने रगत संकलनमा समस्या भईरहेको छ ।
तर, सामाजिक संस्थामा तालाबन्दी गरेका बिघठित समितिका सभापति सुवोधकुमार सिंह भने नेपाली काँग्रेसको आसन्न जिल्ला अधिवेशनमा उमेद्वार बनेर भोट माग्दै हिडिरहेका छन् ।

नयाँ समितिले कात्तिक २६ गतेदेखि काम सुरु गरेको छ । शाखाका निवर्तमान सभापति सुवोधकुमार सिंहले विराटनगर शनिहाटस्थित रेडक्रस कार्यालयमा सोमबार दिउँसो तालावन्दी गरेपछि कांग्रेसको चुनाव प्रचारमा लागेका छन् ।
त्यहाँका कर्मचारीले कार्यकक्षमा बसेर काम गर्न पाएका छैनन् । बाहिरै आपत्कालिन हाँजिर गर्दै बसिरहेका छन् । आगामी मंसिर १० र ११ गते हुने नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशनमा संस्थापन गुटबाट उपसभापतिको उम्मेदवारी घोषणा गरेर सिंहले आफ्ना कार्यकर्तालाई मत फकाईरहेका छन् । मत फकाउने क्रममा आफूले जिते ज्यान दिन तयार हने आश्वासन बाँड्दै हिडेपनि रेडक्रसमा तालाबन्दी गर्दा आपत्कालिन सेवा प्रभावित भएको बिर्सिरहेका छन् ।

अहिले कर्मचारी विहान १० बजे कार्यालय आएर केही क्षण बसेर घर फर्कने गरेको रेडक्रस मोरङ शाखाका वरिष्ठ अधिकृत कुमार निरौला बताउँछन् । सिंह सभापति रहेको रेडक्रस मोरङको समितिको कार्यकाल २०७७ कात्तिकमा नै सकिएको र त्यसपछि केन्द्रको पत्रको आधारमा काम चलाउरुपमा कात्तिकसम्म काम गर्दै आएको थियो ।

आफ्नो कार्यकालमा भए गरेका अनियमितता उजागर हुने भयले निवर्तमान सभापति सिंहले ताला लगाएको आरोप लाग्ने गरेको छ । निवर्तमान सभापति सिंहले भने ताला आफूले नलगाएको दावी गर्दै भन्नुभयो–ताला लगाउने बेला देख्नु भएको थियो ? तर, त्यहाँका कर्मचारीलाई बाहिर निकालेर चुप लागेर बस्न आग्रह सिंहले नै गरेको बताइएको छ । सिंहले आफू छलफलमा बसिरहेकोले निकास निकाल्ने दावी गरेका छन् । उनलाई यहि मुद्दाले नेपाली काँग्रेस मोरङ अधिवेशनमा समस्या हुनसक्ने अड्कल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्