काँग्रेसको वडा अधिवेशनः निर्वाचन अधिृकतमाथि हातपात

<span class='c1'>काँग्रेसको वडा अधिवेशनः</span> <span class='c2'>निर्वाचन अधिृकतमाथि हातपात</span>

जनार्जन खत्री
सर्लाही । सर्लाहीमा नेपाली काँग्रेस अधिवेशन गराउन खटिनुभएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । बिहिवार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि काँग्रेसकै एक समूहले हातपात गरेको हो ।

जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेकाबेला निर्वाचन अधिकृत पाण्डेमाथि हातपात भएपछि उहाँलाई सुरक्षित स्थानमा राखिएको काँग्रेसले जनाएको छ ।

अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । दुई पक्षबीचको विवादले गर्दा निर्वाचन गराउन नसकेपछि यसअघिका निर्वाचन अधिकृत विनोद कार्कीले राजिनामा बुझाएर गएपछि काँग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर खटाएको थियो ।

पाण्डेकै अध्यक्षतामा बसेको बैठकले बिहिवार जिल्लाका २० वटै पालिकाका सबै २०० वटा वडामा अधिवेशन गराउने निर्णय गरेको थियो । तर जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटाउने विषयमा सहमति हुन नसक्दा वडा अधिवेशन हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्