जनगणनामा लिपुलेक र लिम्पियाधुरा नछुट्ने

<span class='c1'>जनगणनामा लिपुलेक र</span> <span class='c2'>लिम्पियाधुरा नछुट्ने</span>

काठमाडौँ । केन्द्रीय तथ्याङक विभागले लिपुलेक र लिम्पियाधुराको जनगणना नछुट्ने स्पष्ट पारेको छ । जनतामा अन्यौलता छाएको भन्दै विभागले बिहीबार दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाकोगणना गरिने स्पष्ट पारेको हो ।

मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रको विषयमा सरकार स्पष्ट भएर गणना गर्ने तयारी सुरु गरेको तथ्याङ्क शाखा प्रमुख ढूण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

विभागले राष्ट्रिय जनगणनालाई असहयोग गर्नु राष्ट्रहित विपरीत भन्दै गणनामा सहयोग गर्न अनुरोध समेत गरेको छ । बिहीबार सार्वजनिक विज्ञप्तिमा विभागले गणना खटिएका गणकमाथि विभिन्न संघसंगठनले अपमान र दुर्व्यवहार गर्दै गणनामा असहयोग गरेको प्रति अपत्ति जनाएको छ ।

राष्ट्रिय कार्यक्रम भएकाले यसमा सबै समुदायसँग पटक–पटक छलफल गरेर समान सहभागिता हुने गरी प्रश्नावली तयार परेको प्रमुख लामिछानेले बताउनुभयाे। पछिल्लो समय संघसंस्थाले गणकमाथि आफूखुसी जानकारी टिपोर्ट गर्न लगाएको भन्दै त्यसो नगर्न विभागले अनुरोध गरेको छ । तथ्याङ्क विभागले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म घरघरमा पुगेर राष्ट्रिय जनगणना सुरु गरेको छ ।

विभिन्न प्रायोजनमा जातीय संघ/संस्थाले आफ्नो इच्छाअनुसार जानकारी टिप्न दबाब दिनु राज्यको हितमा नभएको विभागले विज्ञप्तिमा स्पष्ट पारेको छ । प्रत्येक १० वर्षमा हुने गणनालाई आम नेपालीले आफ्नो अधिकारको रुपमा लिएर सबैले सहयोग गर्नसमेत विभागले अनुरोध गरेको छ ।

विभागले सात वटा प्रदेश कार्यालय, ७७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशभर ३९ हजार गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्