चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने : मन्त्री आङबो

चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने : मन्त्री आङबो

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिने जानकारी दिनुभयो ।

पछिल्लो राजनितिक घटनाक्रमका कारण प्रदेश सरकारका अधिकांश योजना तथा कार्यक्रमहरु प्रभावित भएको भन्दै मन्त्री आङबोले चालु आबमा भौतिक पूर्वाधार र पर्यटकीय क्षेत्र प्रर्वद्धन सम्बन्धी आयोजनाहरुलाई यसैबर्ष परिणाम दिने गरि कार्यान्वयनमा लैजाने तयारी रहेको बताउनुभयो ।

पत्रकारहरुसँग कुरा गर्नुहुँदै उहाँले यसअघिका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले अघि बढाएर सबै परिणाममुखी आयोजनाहरुलाई निरन्तरता प्रदान गरिने दाबी गर्नुभयो । फरक प्रसङ्गमा बोल्नुहुँदै उहाँले आउँदो मङ्सिर १५ गतेभित्र प्रदेश सरकारको मन्त्री परिषदलाई पुर्णता दिईने जानकारी समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्