चिसोले हिमाली क्षेत्रको जनजीवन प्रभावित : शनिबारसम्म मौसम नखुल्ने

चिसोले हिमाली क्षेत्रको जनजीवन प्रभावित : शनिबारसम्म मौसम नखुल्ने

काठमाडौँ । बुधबार साँझदेखि मौसममा आएको परिर्वतनले देशभर शनिबारसम्म धुम्म हुने मौसमविद्ले बताउनुभएको छ ।

अरव सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण शनिबारसम्म देशभर आकाश नखुल्ने र सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

पश्चिम वायुको प्रभाव बढ्दै गएकाले चक्रीय प्रणाली कमजोर बन्दा आकाश धुम्मिएको पौडेलले जानकारी दिनुभयो । मौसममा भएको खरावीसँगै हिमाली क्षेत्रमा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै त्यो क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्