सर्वोच्चमा आज २० फैसला, १२१ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

सर्वोच्चमा आज २० फैसला, १२१ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । सर्वोच्च अदालतमा आज पेशी तोकिएको २५९ मध्ये २० मुद्दामा फैसला भएको छ । बिहीबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एउटा पूर्ण, एउटा एकल र सात वटा संयुक्त इजलास तोक्नुभएको थियो । आज नौ इजलामा २५९ मुद्दाको पेशी तोकिएको थियो । जसमध्ये २० मुद्दामा फैसला र एकमा आदेश जारी भएको सर्वोच्चले जनाएको छ ।

यसैगरी पाँच मुद्दा स्थगित भएको छ भने १२१ मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । साथै ११२ मुद्दा अन्यमा राखिएको सर्वोच्चले जनाएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दाको पेशी तोकिएको थियो ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको लागि पूर्ण इजलास तोक्नुभएको छ भने हरिप्रसाद फुयालका लागि एकल इजलास तोक्नुभएको छ ।

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र डा. कुमार चुडाल, टङ्कबहादुर मोक्तान र कुमार रेग्मी, टङ्कबहादुर मोक्तान र कुमार रेग्मी तथा तेजबहादुर केसी र डा. मनोजकुमार शर्माका लागि प्रधानन्यायाधीश जबराले संयुक्त इजलास तोक्नुभएको सर्वोच्चले जनाएको छ ।

साभार:गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्