४७ जनामा कोरोना सङ्क्रमण

४७ जनामा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७ जनामा कोरोना सङ्क्रमण भएको छ । कूल ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १५, सुनसरीमा सात, उदयपुर, तेह्रथुम र पाँचथरमा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १९ महिलासहित ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्