दुर्घटनामा घाइते चिकित्सक खरेलको निधन

दुर्घटनामा घाइते चिकित्सक खरेलको निधन

जानु पाण्डे
कपिलवस्तु । मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका चिकित्सक दीपक खरेलको निधन भएको छ । कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिकास्थित कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत डा. खरेल बिहीवार बिहान ८ बजे उपचारका क्रममा निधन भएको हो ।

डा. खरेलको कार्तिक २१ गते कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ टिक्करमा मोटरसाइकल दुर्घटना पर्नुभएको थियो । गोरुसिङ्गे बाट पत्थरकोट जाने क्रममा लु. १६ प ३५१६ नम्बरको मोटरसाइकल बिहान ४ः४५ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दिलीप कार्कीले बताउनु भयो ।

टाउकोमा गम्भीर चोट लागेका खरेललाई उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । मोटरसाइकल चालक विवेक पौडेलको हातमा भने सामान्य चोट लागेको छ । निधन हुनुभएका डा. खरेल बाणगङ्गा नगरपालिका कै बासिन्दा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्