ट्र्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

ट्र्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

ताप्लेजुङ ।ताप्लेजुङको फङलिङ नगरपालिका -८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङ तर्फ आउदै गरेको वानटेस ट्र्याक्टर अनियन्त्रीत भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक मोरङ मिक्लाजुङ गाऊपालिका ९ मधुमल्लाका २७ बर्षीय पुष्प बि.क. रहेका छन् ।

हिजो बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका बि.क.को उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्