कमला नदीमा डुबेर एक पुरुषको मृत्यु

<span class='c1'>कमला नदीमा डुबेर</span> <span class='c2'>एक पुरुषको मृत्यु</span>

विजयकुमार साह
ढल्केबर । सिराहाका जिल्लाको कर्जन्हा नगरपालिका १ उत्तराहनीस्थित कमला नदीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ बस्ने ३५ वर्षीय प्रदीप राय क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षकले पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

कात्र्तिक पूर्णिमा नुहाउन कमला नदी आएका क्षेत्रीको शुक्रबार बिहान डुबेर मृत्यु भएको छ । मेलास्थल सुरक्षार्थ बन्दिपुरबाट खटिएका सुरक्षाकर्मीले स्थानीयको सहयोगमा क्षेत्रीको शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का उठाउने काम भएको छ ।

मृचुल्का उठाई शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । कमला नदीको उत्तराहनीयमा कार्तिक पूर्णिमाको अवसरमा भव्य भूत मेला लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्