वैदेशिक रोजगारी : कात्तिकमा मात्रै झण्डै ५५ हजारले लिए श्रम स्वीकृति

<span class='c1'>वैदेशिक रोजगारी : कात्तिकमा मात्रै झण्डै</span> <span class='c2'>५५ हजारले लिए श्रम स्वीकृति</span>

काठमाण्डौ । वैदेशिक रोजगारीमा जान कात्तिक महिनामा मात्रै झण्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार पचास हजार ६ सय २३ पुरुष र चार हजार २ सय ९५ महिला गरि ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये तीस हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो नेपाल सरकारले रोजगारीको लागि मान्यता दिएका विभिन्न ८४ वटा देशहरुमा जानेको संख्या हो ।

कोरोना महामारी केही कम भएसँगै वैदेशिक रोजगारीमा जानेहरु पनि बढीरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको लागि धेरैको रोजाइमा कतार परेको छ । कात्तिकमा कतारको लागि १९ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कतारपछि साउदी जानको लागि १७ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै १३ हजार पाँच सय ५० जनाले रोजगारीको लागि यूएई रोजेका छन् ।

विदेश जान श्रम स्वीकृति लिएकामध्ये १२ जना मात्र उच्च दक्षता भएका छन् । ६८ जना व्यावसायिक रुपमा गइरहेका छन् भने चार हजार ६ सय ५९ जना अर्धदक्ष रुपमा गइरहेका छन् । यस्तै कात्तिकमा वैदेशिक रोजगारीमा जानेमध्ये २३ हजार ४ सय ५६ जना दक्ष र २६ हजार ७ सय २३ जना अदक्ष रहेको विभागको तथ्याँकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्