नेपाली आकाशमा नदेखिने हुँदा चन्द्र ग्रहणको सूतक लाग्दैन : पञ्चाङ्ग निर्णायक समिति

नेपाली आकाशमा नदेखिने हुँदा चन्द्र ग्रहणको सूतक लाग्दैन : पञ्चाङ्ग निर्णायक समिति

काठमाण्डाै । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्र ग्रहण नेपाली आकाशमा नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आंशिकरूपमा लाग्ने र नेपाली आकाशमा नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि लाग्ने चन्द्र ग्रहण दिउँसाे ४ बजेर ३२ मिनेटसम्म देखिने जनाइएको छ ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्र ग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उहाँले बताउनुभयो । यस पटकको चन्द्र ग्रहण पहिले देखिने भन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्