विराटनगर एअरपोर्ट रोडको स्वरुप परिर्वतन हुँदै (भिडियो सहित)

विराटनगर एअरपोर्ट रोडको स्वरुप परिर्वतन हुँदै (भिडियो सहित)

विराटनगर । पर्यटन प्रर्वद्धनको उद्देश्य सहित विराटनगर महानगरपालिकाले एअरपोर्ट रोडको स्वरुप परिवर्तन गर्ने भएको छ ।

मङ्सिर मसान्तदेखि एअरपोर्ट रोडको ब्युटीफिकेसनको कार्य सुरु हुने भएको हो । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा रोडको सौन्दर्यीकरणको कार्य सम्पन्न गर्ने महानगरको लक्ष्य छ । कोशी राजमार्गदेखि नहरसम्मको करिब ४५० मिटरको क्षेत्रलाई २४ घण्टे खुल्ला क्षेत्रको रुपमा विकास गर्न एअरपोर्ट रोडको सौन्दर्यीकरण गर्न लागिएको महानगरले जनाएको छ ।

फाईनल डिपिआर सहितको स्वीकृत योजना अनुसार एअरपोर्ट रोडको स्वरुप परिवर्तन गर्दा रोडको दुर्वतर्फ रहेको १० फिटको सडकपेटीमा विभिन्न संरचना निर्माण हुनेछन् । सडकपेटीको २/२ फिटमा वृक्षारोपण र पाईपलाइन जडानको कार्य हुनेछ । त्यसपछि ५ फिटमा पैदलयात्रीका लागि पदमार्ग र बाँकी ३ फिटमा विभिन्न स्ट्रीट फुड बिक्री वितरणका लागी स्टल निर्माणको कार्य गरिनेछ । सडको ब्युटीफिकेसन गर्दा प्रत्येक ६/६ मिटरमा रङबिरङ्गी लाईटिङ सहितको पाईपको टनेल समेत राखिने इन्जिनियर विराट सङग्रौलाले बताउनुभयो । उहाँले कुल ३ करोडको योजना भएपनि पहिलो चरणमा १ करोड बराबरको काम थालिने जानकारी दिनुभयो । चरणबद्ध रुपमा सडकको सौन्दर्यीकरण र स्वरुप परिवर्तनको कार्य अघि बढाईने उहाँको भनाई छ ।

महानगरको मापदण्ड अनुसार अघि बढाईएको उक्त योजनामा सडकको सौन्दर्यीकरणको सम्पुर्ण कार्य उपभोक्ता समिति मार्फत हुुने जनाईएको छ । महानगरले योजनाको अनुगमन र निरिक्षण मात्र गर्नेछ । निर्माण संरचना र आसपासका पसल व्यावसायलाई कुनै बाधा अवरोध नपर्ने गरि सडक ब्युटीफिकेसनको कार्य अघि बढाईने उपभोक्ता समितिका अध्यक्ष पुण्य भट्टराईले बताउनुभयो । ‘दुई वर्षको कडा मेहनत र तयारी पश्चात यो योजना अघि बढ्न गईरहेको छ,’ उहाँले भन्नुभयो, ‘यसले निर्माण संरचनालाई कुनै क्षति पुग्दैन । बरु पर्यटन प्रर्वद्धन हुनुका साथै आसपासका पसल व्यावसायलाई समेत यसले सहयोग पुर्‍याउँछ ।’

रोडको सौन्दर्यीकरण गर्र्दा सडकपेटीलाई समेत व्यवस्थापन गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । सडक सौन्दर्यीकरणको कार्य सम्पन्न भएपश्चात एअरपोर्ट रोडलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन निषेधित क्षेत्र घोषणा गरिने उहाँको भनाई छ । परिवर्र्तित स्वरुपसहित एअरपोर्ट रोडको उद्घाटन भने नयाँवर्षको पुर्वसन्ध्यामा गर्ने तयारी रहेको जनाईएको छ ।

यस्तो देखिनेछ एअरपोर्ट रोड :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्