एम्स कलेजका ५ वटा सदनमा नयाँ नेतृत्व चयन

<span class='c1'>एम्स कलेजका ५ वटा</span> <span class='c2'>सदनमा नयाँ नेतृत्व चयन</span>

विराटनगर । विराटनगर कलेज रोडमा सञ्चालित एम्स कलेजका ५ वटा सदनमा नयाँ नेतृत्व चयन भएको छ । हरेक विद्यार्थीलाई व्यवस्थापन सम्बन्धि सिकाई गराउँदै असल र सफल नेतृत्व विकास गर्ने अभिप्रायले स्थापना गरिएका सदनमा नयाँ नेतृत्व चयन गरिएको हो ।

लोकतान्त्रिक विधि अपनाउँदै प्रत्येक सदनकालागि नयाँ नेता चयन भएका छन् । कलेजका सम्पूर्ण विद्यार्थीलाई ५ वटा सदनमा विभाजन गरि नामाकरण गरिएको छ । जस अन्तर्गत ट्युलिप, डेजि, लिलि, मेरिगोल्ड र जस्मिन सदनमा क्रमशः सोनु रौनियार, बिशाल रोय, प्रवेश अधिकारी, स्नेह दास र क्रिताञ्जली बराल अध्यक्ष चयन हुनुभएको हो ।

निर्वाचित विद्यार्थीले कलेजमा पाएको यो दायीत्व र विश्वासलाई आत्मसाथ गर्दै विद्यार्थीको हितका निम्ती काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । निर्वाचितहरुलाई सपथग्रहण पनि निर्देशक टीकाराम पुरीले झण्डा हस्तान्तरण गर्दै कार्यकाल सफलताको कामना गर्नुभएको छ ।
विद्यार्थीलाई पढ्दा पढ्दै व्यवस्थापन पनि गर्न सिकाउने निति अनुशार हरेक वर्ष नयाँ नेतृत्व चयन गरिदै आएको छ । सदनका अध्यक्षहरुले कलेजको शैक्षिक परिवेशलाई विद्यार्थी मैत्री बनाउँदै विद्यार्थीको सर्वाङ्गिण विकासका लागि काम गर्नेछन् ।

कलेज प्रशासनसँग नजिक रहेर नेतृत्वले विद्यार्थीको हितमा काम गर्ने तथा प्रशासनको निकट सम्बन्धले धेरै कुरा सिक्ने क्याम्पस प्रमुख सिएम बस्नेतले विश्वास ब्यक्त गर्नुभयो । यस्तै विद्यार्थीको क्षमताबृद्धि र सिकाईका लागि कलेज जे गर्नुपरेपनि तयार रहेको कलेजका प्रबन्ध निर्देशक एवम् प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले बताउनुभयो । लेजको ‘आजको सिकाई भोलीको नेतृत्वलाई’ भन्ने नारालाई व्यवहारिक बनाउने अध्यक्ष तुलसीप्रसाद पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्