विराट मेडिकल कलेजमा इन्र्टन गर्दै गरेका डाक्टर निखिल पन्जियारको दुर्घटनामा मृत्यु

विराट मेडिकल कलेजमा इन्र्टन गर्दै गरेका डाक्टर निखिल पन्जियारको दुर्घटनामा मृत्यु

विराटनगर । विराट मेडिकल कलेजमा ईन्र्टनको रुपमा काम गर्दै गरेका युवा चिकित्सक डा. निखिल पन्जियारले कलिलो उमेरमा अकालमै ज्यान गुमाएका छन् । बिहीबार राति साढे ११ बजे विराटनगर—४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काअनुसार विराटनगर महानगरपालिका—४ स्थित आयल निगम छेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको डा. निखिल चढेको प्र—२—०२— ००३—प —२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनलाई बचाउन प्रयास गरेपनि असफल भएका थिए ।

अस्पतालले ११ः४५ मा उनलाई मृत घोषित गरेको थियो । डा. निखिलको मोटरसाइकललाई ठक्कर दिएको मिनी ट्रक डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी रहेको छ । जनकपुर— ३ स्थानीय घर भएका डा. निखिलले विराट मेडिकल कलेज मोरङबाट एमबीबीस पास गरेका थिए । उनी सोही मेडिकल कलेजमा इन्टर्न गरिरहेका थिए । उनले जनकपुरस्थित मदर टेरेसा पब्लिक स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए । को १ ख ३२४४ मिनी ट्रक डा. निखिल चढेको मोटरसाइकललाई ठक्कर दिएपछि फरार रहेको थियो । प्रहरीले शुक्रबार विहान बुढीगंगा—२ बखन भन्ने ठाउँबाट उक्त मिनी ट्रक नियन्त्रणमा लिएको छ । चालक भने अझै फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्