५० बोरा भारतीय चिनी वरामद

५० बोरा भारतीय चिनी वरामद

जयकृष्ण यादव
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका –९ बबिया पोखरीचौक सडक खण्डमा भारतीय चिनी बरामद भएको छ । भारतवाट नेपालतर्फ भन्सार छलीगरि प्र १–०२–००२ च ४९६१ नंम्बरको पिकअप गाडीमा चिनि ल्याइदैगरेको अवस्थामा भारतीय चिनी बरामद भएको हो ।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरीपोष्ट पोखरीचौकमा कार्यरत प्रहरी सहायक निरीक्षक देवकुमार यादवको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा ५० वोरा भारतीय चिनी वरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चिनी ओसारपसारमा प्रयोग भएको सवारीसाधन, चालक र समान धनिसहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाइएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । भन्सार वुझाइएको समानको भन्सार कार्यालयको मूल्याङ्कन १६ लाख ३७ हजार ५०० रुपियाँ बरावर रहेको कार्कीको भनाई छ ।

त्यसैगरी मंसिर १ गते गढी गाउँपालिका–४ स्थित सडकखण्डमा प्रहरीले चेक प्वाइन्ट खडागरी चेक गरिरहेको अवस्थामा चिनी र सुर्ति लोड गरी दक्षिणवाट उत्तरतर्फ आउँदैगरेका २ वटा मोटर साईकल बरामद गरेको छ । मोटरसाईकलमा सवार मानिस प्रहरीलाई देखेपछि मोटरसाईकल छोडी भागेकाले प्रहरीले बरामद २ बोरा सुर्ति र ६ वोरा चिनी भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्