विराटनगरस्थित मोरङ कारागारमा पुन: एक कैदीबन्दीको मृत्यु

<span class='c1'>विराटनगरस्थित मोरङ कारागारमा पुन:</span> <span class='c2'>एक कैदीबन्दीको मृत्यु</span>

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा पुन: एक कैदीबन्दीको मृत्यु भएको छ ।

विराटनगर-१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुन: समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए ।

शुक्रबार बेलुकादेखि उनको कान दुखिरहेको थियो । कानको दुखाई बढेर रक्तचाप समेत न्यून भएपछी राती १ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट उपचार गराएर बिहान ६ बजे उनलाई कारागार ल्याईएको थियो । तर, कारागार ल्याएपछी पुन: समस्या बढदै गएपछि अस्पताल लग्ने क्रममा शनिबार (आज) बिहान ७:४० मा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख पोखरेलले आवर विराटनगरलाई जानकारी दिए ।

'उनलाई समस्या भएपछि उनको परिवारलाई हामीले खबर गरेका थियौं । श्रीमती र छोरा आउनुभएको थियो,' उनले भने, 'उहाँहरुकै रोहबरमा अस्पताल लाने क्रममा मृत्यु भएको हो ।'

तर, आवर विराटनगरसँग सम्पर्कमा आउँदै मृत्तकका ज्वाइँ अशोक भण्डारीले गोपालको मृत्यु भईसकेपछि मात्र बिहान आफुहरुलाई खबर आएको बताए । बिरामी हुँदा कारागारबाट समयमै खबर नआएको उनको गुनासो छ ।

'बिहान पुग्दा उनको मृत्यु भईसकेको थियो । शरिर तातो नै रहेकाले जिउँदै छन् भन्ने आशमा अस्पताल लगियो,' उनले भने, 'तर, अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको हो ।'

मृतक कारागारमा रहँदा अन्य ४० जना कैदीबन्दीलाई उनीसँगै राखिएको थियो । मोरङ कारागारमा भने यसअघि पनि एकजना कैदीबन्दीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्