प्रहरी चढेको ट्रक दुर्घटना, २४ प्रहरी घाइते तीन गम्भीर

<span class='c1'>प्रहरी चढेको ट्रक दुर्घटना, २४</span> <span class='c2'>प्रहरी घाइते तीन गम्भीर</span>

भोटराज राई
उदयपुर । कार्यालयले काममा खटाएको २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएका छन् ।

नोवेल अस्पताल विराटनगरमा उपचारमा रहेका घाइतेहरु मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको र १७ जनाको त्यहाँ उपचार चलिरहेको छ । दुई जना जिल्ला अस्पताल उदयपुर र दुई जना त्रियुगा हस्पिटल गाईघाटमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । एकजना सामान्य उपचारपछि फर्केको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार कामको सिलसिलामा कटारीबाट गाईघाटतर्फ आउने क्रममा प्रहरी कार्यालयको बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटना हुँदा त्यसमा सवार २४ प्रहरी घाइते भएका हुन् ।
दुर्घटनापछि घाइते प्रहरीहरुको उद्धारगरी जिल्ला अस्पतालमा १४ र त्रियुगा हस्पिटलमा १० जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको हो ।

राती करिब ९ बजेको समयमा गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा दुर्घटना भएको थियो । ओरालोमा ट्रकको ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्