डुबेर युवकको मृत्यु

<span class='c1'>डुबेर युवकको</span> <span class='c2'>मृत्यु</span>

गाईघाट । जिल्लाको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । केही युवासँग वनभोज खानका लागि गएका चौधरी २ बजेतिर देवधारखोलामा स्काभेटरले बालुवा उत्खनन गर्दा खनेर कृत्रिम दह बनाएको ठाउँमा पौडी खेल्दा डुबेर अचानक बेहोस भएका थिए ।

उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्