काठमाडौँमा दुई शव फेला

<span class='c1'>काठमाडौँमा दुई</span> <span class='c2'>शव फेला</span>

काठमाडौं । शनिबार काठमाडौँमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार शनिबार रमेश न्यौपाने र शरण खड्काको शव भेटिएको हो । कुँवरका अनुसार ललितपुर चापागाउँ भर घएका ५० वर्षीय न्यौपाने र धादिङ घर भएका ३२ वर्षीय खड्काको शव भेटिएको हो ।

न्यौपाने काठमाडौँ महानगरपालिका २४ इन्द्रचोकको छोकाछे गल्लीमा डेरा गरेर बस्दै आउनुभएको थियो भने खड्का काठमाडौँ टोखा नगरपालिका ६ लाखे डाँडाका रमेश तामाङले बनाउँदै गर्नु भएको घरको सिँडीमा बस्दै आउनुभएको थियो । खड्का सोही घरको रेखदेख गर्नेगरी बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुवै जनाको मृत्युको कारण भने खुलेको छैन । ‘शव भेटिएको छ’, प्रवक्त्ता कुँवरले भन्नुभयो, ‘शवको पोस्टमार्टपछि मृत्युको कारण खुल्छ ।’

साभार :गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्