काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक लाख तीन हजार २०९ जनाले खोप लगाएका हुन् ।
मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ७८७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३०८ जना रहेको छ ।
शनिबार ४४४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार ९८९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
११ हजार ४१५ जनाको मृत्यु
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाको मृत्युदर १.४ प्रतिशत रहेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०३ रहेको छ ।