सेलो बिटको ‘एक बचन बोल्दैमा’ सार्वजनिक

सेलो बिटको ‘एक बचन बोल्दैमा’ सार्वजनिक

काठमाडौँ । उडी जाने पन्छी बोलको भिडियोको सफलता पश्चात गायक सुदिपकुमार थकालीले एक बचन बोल्दैमाको म्युजिक भिडियो सार्वजनिक गर्नुभएकाे छ ।

तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द र सङ्गीत छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ। राम केसीले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गर्नुभएकाे हाे । म्युजिक भिडियोमा मोडलद्वय उषा उप्रेती र लोमुस शर्माबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

यस अघि गायक थकालीले रेलको धुवाँ, एउटै मुटु, ॐ शान्ति ॐ, बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसक्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्