झापामा प्रदेश स्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ प्रतियोगिता हुने

झापामा प्रदेश स्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ प्रतियोगिता हुने

झापा । झापाको बिर्तामोडमा आउँदो फाल्गुुण २७ र २८ गते प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ ।

बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा प्रतियोगिता हुुने भएको हो । शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिईएको छ । प्रतियोगितामा महिला र पुरुष गरि १ सय जना खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी तौल समूहको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जनाईएको छ । प्रतियोगिताका ओभरल प्रतियोगिहरुले ३ लाख रुँपैयाको नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रथम र द्धितीय रनरअपले क्रमशः २ लाख र १ लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समितिका संयोजक राम दाहालले जानकारी दिए ।

खेलक्षेत्रको माध्यमबाट स्वस्थ रहन र खेलप्रतिको मोह जगाउन प्रतियोगिता आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्