भारतबाट चार बालबालिकाको उद्धार

भारतबाट चार बालबालिकाको उद्धार

झापा । भारतबाट चार बालबालिकालाई उद्धार गरी नेपाल फर्काइएको छ ।

भारत पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी नेपाल फर्काइएको चार बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ । उद्धार गरिएकामा उदयपुर, काठमाडौं, मोरङ र सिन्धुली जिल्लाका दुई बालक र दुई बालिका रहेका छन् । तीनजनाको उमेर १६ वर्ष र एक जनाको ४ वर्ष उमेर रहेका छन् ।

उद्धार गरिएका बालबालिकालाई नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेल नेतृत्व आएको टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच मामा र बुवाले बुझेका थिए । गैरसरकारी संस्था सहिद वन्दना बालिका स्मृति आवास कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ बंगाल सिलीगुडीले पश्चिम बंगालको कुचविहार, सिलीगुडी दार्जिलिङलगायतका स्थानबाट ती बालबालिकालाई उद्धार गरी नेपाली महावाणिज्य दूतावास कोलकातालाई जिम्मा लगाएका थिए ।

नेपाली बालबालिका र महिलाहरू बाध्यात्मक रुपमा भारत लगेर बेचबिखनमा परेका हुन्छन् । भारततर्फ लगेर उनीहरूलाई श्रम तथा यौन पारिन्छ । त्यस्ता बालबालिका र महिलाहरूलाई भारतीय सरकार, स्थानीय प्रहरी तथा अन्य संघसंस्थासँगको समन्वयमा उद्धार गरी नेपाल फर्काउने काम भइरहेको महावाणिज्यदूत पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्