संस्कृतिमन्त्री आलेद्वारा योगगुरु रामदेवलाई ब्राण्ड एम्बसडरको प्रस्ताव

संस्कृतिमन्त्री आलेद्वारा योगगुरु रामदेवलाई ब्राण्ड एम्बसडरको प्रस्ताव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुुर आलेले आध्यामिक एवं योग पर्यटनका रुपमा नेपाललाई विश्वसामु परिचित गराउन ब्राण्ड एम्बासिडरको भूमिका लागि भारतीय योग गुरु स्वामी रामदेवलाई आग्रह गर्नुभएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले आज पशुपति क्षेत्रमा आयोजना गरेको योग शिविरमा मन्त्री आलेले योगगुरु स्वामी रामदेवलाई नेपाल सरकारकोतर्फबाट अनुरोधपत्र प्रदान गर्दै ब्राण्ड एम्बासिडरको भूमिकाका लागि आग्रह गर्नुभएको हो ।

मन्त्री आलेले नेपालमा रहेको अमूल्य जडिवुटीबाट नेपालमै औषधि उत्पादन र प्रशोधनको व्यवस्थाका लागि योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णसँग आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री आलेले कारोनाका कारण नेपाल र भारतबीच हवाइ उडानमा भारतले लगाएको एयर बबल हटेसंगै पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरोनाका कारण नेपाल र भारतबीचको हवाई उडानमा लागु भएको भारत र नेपालका नागरिकले मात्र यात्रा गर्न पाउने एयर बबल हटाइएको र दुई देशबीच हवाइ उडान थप गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

स्वामी रामदेवले नेपालको आर्थिक एवं सामाजिक समृद्धि र पर्यटन प्रवर्धनका लागि भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्ने बताउनुभयो । स्वामी रामदेवले नेपालको प्रकृति र संस्कृति विश्वका लागि अनुपम रहेको चर्चा गर्नुभयो ।

आचार्य बालकृष्णले नेपालको संस्कृति, परम्परा र मूल्यमान्यतालाई स्थापित गरी सबैलाई स्वस्थ र समृद्ध बनाउन सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आचार्य बालकृष्णले नेपाल भगवान गौतम वुद्ध र जनक भूमि भएकाले यो गर्वको विषयलाई विश्वसामु परिचित गराउन र योग आयुर्वेदको केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो ।

चार दिने नेपाल भ्रमण पुरागरी स्वामी रामदेव र आचार्य बालकृष्ण आज भारतको हरिद्वार फर्कनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्