श्याम सुन्दर पौडेल मिलन जिताऔ अभियानको सचिवालय स्थापना

श्याम सुन्दर पौडेल मिलन जिताऔ अभियानको सचिवालय स्थापना

विराटनगर । नेपाल जेसिजका लागि राष्ट्रिय अध्यक्ष २०२२ जिताऔ अभियानका लागि विराटनगरको कञ्चनबारीमा जिताउ अभियान सचिवालय स्थापना गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालयले जेसिजका शाखाहरुसँग निरन्तर सम्पर्कमा रहेर श्यामसुन्दर पौडेललाई जिताउनका लागि अभियान सञ्चालन गर्नेछ । महाधिवेशन स्थान पोखरामा पनि अभियानको सम्पर्क कार्यालय स्थापना गरिने जनाईएको छ । उद्घाटनका क्रममा बाल्दै मेयर पराजुलीले श्यामसुन्दर पौडेल विराटनगरको मात्र नभएर देशले नै गर्व गर्न लायक युवा रहेको बताए । उनले शून्यबाट सुरु गरेर अहिले उद्यमशील युवाको रुपमा उदाएका पौडलले जिताउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने जिकिर गरे । सचिवालय उद्घाटन कार्यक्रमका उपस्थित नेपाल जेसिजका पुर्व अध्यक्ष फुल कुमार लालवाणीले पौडेल सबैको साझा उम्मेदवार भएको बताउनुभयो ।

कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष गोपाल गुप्ता, टिकाराज ढकाल, विराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहाल, उम्मेदवार प्रवद्र्धन समिती संयोजक टिपी आचार्य र जिताउ अभियानका सचिव सेवक बजगाँईं लगायतका जेसिज सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्