पत्रकारहरू पार्टी कार्यकर्ता बने कारबाहीमा पर्ने महासंघको चेतावनी

पत्रकारहरू पार्टी कार्यकर्ता बने कारबाहीमा पर्ने महासंघको चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंंघले पार्टी प्रतिनिधि र सदस्य बनेका पत्रकारहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

आईतबार एक विज्ञप्ति जारी गर्दै महासंघले यस्तो चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’

यस्तै, महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६) ले महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाको उल्लंघन गर्ने पत्रकार उपर नियमसम्मत कारबाही हुने महासंघको चेतावनी छ ।

महासंघका महासचिव रोशन पुरीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भने राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णय समेत गर्नसक्ने बिषय समेत उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्