कुकुरले टोकेमा कोशी अस्पताल जानुहोस ‘रेबिज इम्युनो ग्लोबुलिन’ सुई निशुल्क लगाउनुहोस

कुकुरले टोकेमा कोशी अस्पताल जानुहोस ‘रेबिज इम्युनो ग्लोबुलिन’ सुई निशुल्क लगाउनुहोस

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा कुकुरले टोकेको रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुरू भएको छ । अस्पतालमा आइतबार एक कार्यक्रम आयोजना गरि ‘रेबिज इम्युनो ग्लोबुलिन’ सेवा सुरू गरको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने व्यवस्था मिलाएको छ । मन्त्रालयले प्रदेश १ को कोशी, प्रदेश २ को जनकपुर अस्पताल धनुषा, बागमती प्रदेशको मदन भण्डारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, नारायण अस्पताल बीरगञ्ज र भरतपुर अस्पताल चितवनमा सो व्यवस्था मिलाएको हो ।

यसअघि कुकुरले टोक्दा रेबिज हुन नदिन भ्याक्सिन मात्र लगाउने गरेको थियो । अहिले रेबिज हुन नदिन प्रभावकारी मानिएको इम्युनो ग्लोबुलिन दिन थालिएको कोशी अस्पतालका डाक्टर लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो । इम्युनो ग्लोबुलिन किन्नु परेको खण्डमा धेरै महंगो शुल्क लाग्ने गर्दछ । जसको मुल्य ५ देखि १० हजार रुपैयाँसम्म पर्न जान्छ ।
रेबिज लागेर विरामीको मृत्यु नहोस भनेर राज्यले रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुरु गरेको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिनभुयो ।


सन् २०३० सम्ममा नेपालमा रेबिज रोगलाई उन्मुलन गराउने सरकारको लक्ष्य रहेको छ । सोही अनुसार अभियान सुरु भएको मेसु दासले जानकारी दिनुभयो । रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुचारु भएपछि आइबार कोशीमा आधा दर्जन बढी विरामीले सेवा लिएका छन् । कोशीमा ५ सय भायल इम्युनो ग्लोबुलिन आएको कोशी अस्पतालले जनाएको छ । यस गरिबी तथा असहायले महङगो मुल्यमा किन्न नसक्दा अकाल मै मानिसहरुको ज्यान जाने गरेको थियो ।
तर ढिलै भए पनि सरकारले कुकुरले टोकेको विरामीलाई निशुल्क रेविज विरुद्धको भेक्सीन सेवा प्रदान गरेसंगै ठुलो राहत मिल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्