दमकमा जंगली हात्ती देखा परेपछि स्थानीय त्रसित

<span class='c1'>दमकमा जंगली हात्ती देखा</span> <span class='c2'>परेपछि स्थानीय त्रसित</span>

विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वनभित्र तथा आसपासको क्षेत्रमा केही दिन यता तीन वटा जंगली हात्ती देखा परेपछि स्थानीयहरु त्रसित भएका छन् ।

मानिसहरु आवतजावत भइरहने दमक ३ स्थित भुटानी शरणार्थी शिविर नजिक रहेको पीच सडकमा समेत हात्तीहरु देखा पर्न थालेपछि स्थानीयहरु हिँड्डुल गर्न समेत डराउन थालेका छन् ।प्रायः जसो धान पाक्ने यो समयमा भारतबाट जंगली हात्तीहरु आएर किसानको धानबालीमा क्षति पुर्याउँदै आएका छन् । वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार स्थानीयहरुलाई सुरक्षित रहेर बस्नका लागि आग्रह गरिएको छ । यस क्षेत्रमा लामो समयदेखि हात्तीको समस्या रहँदै आएको पनि उहाँले जनाउनुभयो ।

दुई दिन यता बस्ती नजिक हात्ती देखिएपछि स्थानीयहरु रातभर निदाउन सकेका छैनन् । साँझपख सडक आसपासमा नै हात्ती देखिएपछि केही बेर बेलडाँगी सडकमा आवतजावत पनि बन्द भएको बताइएको छ । हात्तीलाई नबिच्क्याउँदा र नचलाउँदा खासै केही नगर्ने पनि स्थानीयहरुले बताएका छन् ।
हात्तीको समस्या समाधानका लागि स्थानीयले बारम्बार माग गर्दै आएका छन् । टर्च लाईट वितरण, विद्युतीय साईरनको प्रयोग, हात्ती धपाउनका लागि रात्रिकालीन गस्तीजस्ता परम्परागत उपायहरु अपनाउने गरिएको वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो ।

दमकको वडा नतं. २ र ३ मा हम्सेदुम्से सामुदायिक वन रहेकाले दुई वटै वार्ड हात्तीबाट पीडित रहेको उहाँको भनाइ छ । यो समयमा झापा जिल्लाभर नै हात्तीको समस्या रहने गरेको छ । धान पाकेर किसानले थन्क्याउने यो समयमा हुलका हुल हात्तीहरु भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् । हात्तीले वर्षेनी झापामा ठूलो मात्रामा धनजनको क्षति पुर्याउँदै आएको छ ।

दमकको बेलडाँगी नजिक सडकमा देखिएको हात्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्