विद्यालय बन्द गरेर कांग्रेसको राजनीतिक कार्यक्रम

विद्यालय बन्द गरेर कांग्रेसको राजनीतिक कार्यक्रम

झोराहाट । मोरङमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको निर्वाचन गरिएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–४ ले ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई केन्द्र तोकी १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको हो ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, तथा दलगत राजनीतिक तथा अन्य सभा सम्मेलन गर्न नपाइने र दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ । तर त्यो निर्देशिकालाई बेवास्ता गर्दै मोरङमा दलको निर्वाचन गरिएको हो ।

निर्वाचन स्थलमा नेपाली कांग्रेस मोरङका नेता एवम् विराटनगर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको समेत उपस्थिति रहेको थियो । साथै केन्द्रीय र जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

साभार:हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्