तास, नगद सहित ९ जना जुवाडे पक्राउ

<span class='c1'>तास, नगद सहित ९</span> <span class='c2'>जना जुवाडे पक्राउ</span>

झापा । झापाको दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरकोमा तास खेलिरहेको अबस्थामा ९ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घरधनि ४६ बर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री,५४ बर्षीय सुरेश भण्डारी,३८ बर्षीय नारायण कडरिया,४१ बर्षीय सुर्य न्यौपाने,४८ बर्षीय खगेन्द्र भुजेल,४० बर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन् । मंगलबार बेलुका साढे ३ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तिन बुङ तास र नगद २९ हजार ७४५ रुपैया सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका उनिहरु हाल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्