विराटनगरको माछा बजार नयाँ गुद्रीमा स्थानान्तरण, व्यापार घट्यो

विराटनगरको माछा बजार नयाँ गुद्रीमा स्थानान्तरण, व्यापार घट्यो

विराटनगर । विराटनगर–९ स्थित पुरानो गुद्रीको माछा बजार बसपार्क पछाडिको नयाँ गुद्रीमा स्थानान्तरण भएसँगै माछाको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन् ।

पुरानो गुद्री भएको स्थानमा व्यापारिक कम्प्लेक्स बन्ने भएपछि गतसाता महानगरले नगर प्रहरीले लगाएर पुरानो गुद्री बजार खाली गराएको थियो । पुरानो गुद्री खाली गराएपछि गत बुधबारदेखि माछा बजार विराटनगर–११ को नयाँ गुद्रीमा सरेको हो । तर, वर्षौवर्र्षदेखि ठुलो परिमाणमा माछाको खरिद बिक्री हुने ठाउँबाटै माछा बजार स्थानान्तरण भएपछि हाल व्यापार सन्तोेषजनक ढंगले नभईरहेको व्यापारीहरुले बताएका छन् । नयाँ गुद्रीमा माछा खरिद गर्ने ग्राहकको फ्लो समेत घटेको माछा व्यापारी गीतादेवी महतोले बताईन् ।

व्यापारीहरुले हाल १२ वटा खुद्रा र ९ वटा होलसेल पसलमार्फत व्यापारीहरुले जिउँदो माछा बिक्री गरिरहेका छन् । उनीहरुले रहु, कमनकार, गराँस, कत्ला, नैनी, रेवा, जलकपुर, झिङ्गा, गैंची, लट्टा, सौरा, भोरा, सिल्भर, बिकेट र टेङग्रा लगायत २ दर्जन बढी प्रजातिका माछा बिक्री गरिरहेको जनाएका छन् । तर, सबैका लागि पायक पर्ने ठाउँबाट माछा बजार स्थानान्तरण गर्नुपरेपछि व्यापार पनि स्वभाविक रुपमा घटेको व्यापारी बैजनाथ सहनीले बताए ।

विराटनगरका व्यापारीहरुले प्रदेश १ को मोरङ, सुनसरी र सर्लाही सहित भारतको आन्ध्रप्रदेश र कलकत्ताबाट समेत माछा आयात गर्ने गरेका छन् । भारतको आन्ध्र प्रदेशबाट सबैभन्दा बढी रहु, जलकपुर र आरसी तथा कलकत्ताबाट हिल्सा, झिँगा र पम्पलेट प्रजातिका माछा आयात हुने गरेका छन् । पुरानो गुद्रीमा खुद्रादेखि होलसेलसम्म दैनिक १० लाख बराबरको खरिदबिक्री हुने भएपनि नयाँ गुद्रीमा भने सोही माछाको व्यापार घटेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्