‘कांग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक

<span class='c1'>‘कांग्रेसको अबको बाटो’</span> <span class='c2'>पुस्तक सार्वजनिक</span>

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ ।

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको बुधबार कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गर्नुभएको हो ।

पुस्तक सार्वजनिक समारोहमा प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा विमोचन गरिएको उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताउनुभयो ।

‘पार्टीको १४औँ महाधिवेशनमा यो पुस्तक कांग्रेसका लागि प्रेरणाको स्रोत बन्न सक्छ’, उहाँले भन्नुभयो । सभापति देउवाले सङ्ग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तकको थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

पुस्तकका लेखिका डा सङ्ग्रौलाले १४औँ महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताउनुभयो । “पार्टी रुपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु’, उहाँले भन्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले कांग्रेसका लागि आगामी बाटो चुनौतीपूर्ण रहेको भन्दै नेतृत्वले ती चुनौती चिर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । कांग्रेस बलियो बने मुलुकको विकास हुने उहाँको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा उद्धव खरेलले पुस्तकमार्फत इतिहासको जगमा भविष्यको कांग्रेस खोजी गरिएको बताउनुभयो । ‘पुस्तकमा बिपीको चिन्तनअनुसार कांग्रेसको धरातल प्रस्तुत गरिएको छ’, उहाँले भन्नुभयो, ‘कांग्रेस जान्न र बुझ्न खोज्नेहरुका लागि पुस्तक उपयोगी हुनेछ ।’

पुस्तकमा नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धि, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रज र १४औँ महाधिवेशनका एजेन्डाहरु प्रस्तुत गरिएको छ ।

कांग्रेस सांसद डा. डिला सङ्ग्रौलाद्वारा लिखित ‘काँग्रेसको अबको बाटो’ पुस्तक बालुवाटारमा बुधबार लोकार्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्