चाैध अर्ब बराबरको भदैया धान उत्पादन

चाैध अर्ब बराबरको भदैया धान उत्पादन

शिवशङ्कर मिश्र
बारा । बाराका कृषकहरुले आर्थिक वर्ष ०७८/०७९ मा खेती गरेको भदैया धान प्रति हेक्टर ४.५ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेमौसमी बर्षाको कारणले गर्दा प्रति हेक्टर दशमलव ३ मेट्रिकटनले क्षति भई प्रति हेक्टर ४.३ मेट्रिकटनले धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।

चालु आर्थिक वर्ष ०७८/०७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ४.३ मेट्रिकटनले कुल ५१ हजार १९१ दशमलव ५ मेट्रिकटनले धान उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । साथै, बेमौसमी वर्षाको कारण प्रति हेक्टर दशमलव तीन मेट्रिकटनले तीन हजार ५७१ दशमलव ५ मेट्रिकटन धान उत्पादनमा क्षति भएको उहाँले जानकारी दिनुभयो । सम्बन्धित निकायले यस वर्ष मोटो धान प्रति क्वीन्टल दुई हजार सात सय कायम गरेकोमा यस वर्ष १३ अर्ब ५० करोड २१ लाख ७० हजार पाँस सय बराबरको ५१ लाख १९१ दशमलव ५ मेट्रिकटनले भदैया धान उत्पादन भएको छ भने, बेमौसमी वर्षाको कारण नौ करोड ६४ लाख ३० हजार पाँच सय बराबरको तीन हजार ५७१ दशमलव ५ मेट्रिकटन धानमा क्षति भएको छ ।

कृषकहरुलाई धान भित्राउन भ्याई नभ्याई
बेमौसमी वर्षाबाट जोगाउन बाराका कृषकहरुले यसवर्ष खेती गरेको अगहनी धानबाली भित्र्याउन चटारो भएको छ । बाराका कृषकहरुले यसवर्ष विभिन्न जातका अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा खेती गरिएको र मौसम अनुकूल समय समयमा वर्ष भई दिएकाले धानबाली राम्रो भएको हुनाले यस वर्ष केही वृद्धि हुने कुरा कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । गत कार्तिक १ गतेदेखि ३ गतेसम्म बेमौसम वर्षाले पाकेको भदैया धन र अग्हनी धानबाली समेतलाई केही क्षति भएको तथा बेमौसमी वर्षाबाट धानबालीलाई क्षति हुनबाट जोगाउन कृषकहरुले अग्हनी धानबाली भित्र्याउन विहानैदेखि खेतमा धानबाली काट्न सुरु गरी भित्र्याउन भ्याई नभ्याई भएको छ ।

धान काट्नेसहितका दाइँ गर्ने हस्कर मेसिन तथा स–साना प्रविधिको सहयोगले यस वर्ष पाकेको धान काट्न धेरै सहयोग भएको छ । कात्र्तिक १५ गतेदेखि धान काट्ने कार्य सुरु भएकोमा मङ्सिर १५ गतेभित्र जिल्लाका अधिकांश ठाउँको धान काट्न अनुमान गरिएको कृषकहरुले बताएका छन् ।

गत वर्ष कृषकहरुले अग्हनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ४.२५ मेट्रिकटले कुल एक लाख ४५ हजार २०१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

कलैया उपमहानगरपालिका १४ वघवन टोलका एक दम्पती धान काट्दै । तस्विरः शिवशंङ्कर मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्