विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथी निर्घात कुटपिट भएको छ ।
आरती स्ट्रीप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित भारतीय मजदुरले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाईते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरी घटना संलग्न केहीलाई पक्राउ गरि अनुसन्धान थालेको छ । घटना सम्बन्धमा यकिन विवरण सहितको थप जानकारी प्राप्त हुन बाँकी छ ।