विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि पेस्तोल देखाएर निर्घात कुटपिट भएको खुलेको छ ।
आरती स्ट्रीप्सका भाईस प्रेसिडेन्ट विशाल गुप्ताले पेस्तोल देखाएर सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित २ सय भारतीय मजदुरले उनीमाथि कुटपिट गरेको खुलेको हो । कुटपिटबाट घाईते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । उनको टाउको, छाती र ढाँड लगायत शरिरको विभिन्न भागमा गम्भीर चोटपटक लागेको छ । सिंघलले यसअघि पनि ईन्द्रजीत गर्ग, संजीव शर्मा र नागेन्द्र सिंहलाइ कुटपिट गरेर हटाईसकेका छन् ।
प्रहरीले हाल घटनामा संलग्न सञ्जय सिंघललाई पक्राउ गरि अनुसन्धान थालेको छ । सिंघलले भने प्रहरीलाई नै पैसा खुवाएर घटना गुपचुप पार्ने प्रयास गरिरहेको श्रोतको दाबी छ ।