लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, विराटनगरमा सचेतना प्रभातफेरी

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, विराटनगरमा सचेतना प्रभातफेरी

विराटनगर । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विराटनगरमा आज प्रभातफेरी निकालिएको छ । ‘घरैबाट सुरु गरौं, लैगिंक हिंसा अन्त्य गरौं’मूल नारासहित विराटनगरमा प्रभातफेरी निकालिएको हो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा निकालिएको प्रभातफेरीको मन्त्री जयराम यादवले सुभारम्भ गर्नु भएको थियो । विराटनगर देवकोटाचौकबाट निकालिएको प्रभातफेरीमा विभिन्न संघ–संस्थाको समेत उपस्थिति रहेको थियो । यसैगरी अधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक क्षेत्रका संस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख जनार्दन जिसी, सशस्त्र प्रहरी बल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्