वन पैदवार चोरी निकासी मुद्दाको फरार प्रतिवादी पक्राउ

वन पैदवार चोरी निकासी मुद्दाको फरार प्रतिवादी पक्राउ

विराटनगर । जिल्ला अदालत मोरङबाट वन पैदावार चोरी निकासी मुद्दामा दोषी ठहर भएका मिक्लाजुङ ५ बस्ने बर्ष ४५ का राजकुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा दोषी ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । २०६९ बैशाख २८ गतेको फैसलाले गौतमलाई वन पैदवार चोरी निकासी मुद्दामा दोषी ठहर गर्दै ४ लाख २३ हजार ८५ रुँपैया जरिवाना गरेको थियो । प्रहरी उनलाई मंसिर ७ गते पक्राउ गरि जिल्ला अदालत मोरङ पेश गरेको थियो ।

अदालतको आदेशानुसार उनलाई हाल विराटनगगरस्थित मोरङ कारागार चलान गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्