पहिलो चौमासिकमा विराटनगर भन्सारको लक्ष्यभन्दा ९ प्रतिशत कम राजश्व

पहिलो चौमासिकमा विराटनगर भन्सारको लक्ष्यभन्दा ९ प्रतिशत कम राजश्व

विराटनगर । विराटनगर भन्सार कार्यालयले पहिलो चौमासिक अवधिमा लक्ष्यको ९१.३३ प्रतिशत मात्रै राजश्व महसुल संकलन गरेको छ ।
भन्सार कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार १५ अर्ब ९५ करोड ७० लाखको लक्ष्यमा १४ अर्ब ५७ करोड २३ लाख संकलन भएको हो ।

कार्यालयले भन्सार महसुलतर्फ ७ अर्ब ८५ करोड ५३ लाखको लक्ष्यमा ६ अर्ब १६ करोड ५१ लाख, मूल्य अभिबृद्धितर्फ ६ अर्ब ७९ करोड ९९ लाखको लक्ष्यमा ७ अर्ब २३ करोड ४९ लाख असुल गरेको । यस्तै अन्तः शुल्कतर्फ एक अर्ब ३० करोड १७ लाखको लक्ष्यमा १ अर्ब ८ करोड ९३ लाख असुली भएको सूचना अधिकारी ढुंगानाले जानकारी दिनुभयो ।

औद्योगिक कच्चा पदार्थको मूख्य आयात हुने नाका विराटनगर भन्सार कार्यालयले संशोधित लक्ष्यलाई पछ्याउन नसकेको हो । सरकारले भन्सार कार्यालयको लक्ष्य २० बृद्धि गर्दै संशोधन गरेको थियो । पहिलो चौमासिक अवधीमा विराटनगर भन्सार कार्यालयलाई सबैभन्दा बढी राजश्व मोटर साइकल आयातबाट भुक्तानी गरिएको छ । मोटरसाइकल आयातबाट १ अर्ब ५ करोड ६३ रुपिँया राजश्वमा योगदान भएको हो ।

पहिलो चौमासिक अवधीमा तयारी कपडा ७७ करोड ६१ लाख, पोलिथिन दाना ५३ करोड ८६ लाख, पेट्रोलबाट ३७ करोड ८२ लाख, स्टिल वायर इन क्वाइलबाट ३७ करोड २७ लाख असुली भएको छ । यसैगरी सूर्यमुखीको कच्चा तेलबाट ३४ करोड ७६ लाख, एलपी ग्यास ३२ करोड ७२ लाख, भटमासको कच्चा तेल ३१ करोड ६८ लाख, एमएस बिलेटबाट २८ करोड ७२ लाख र सुपारीबाट २४ करोड २९ लाख संकलन भएको तथ्यांकमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्