वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ विराटनगरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्