मोरङ कारागार विराटनगरमा गिरीलाई ल्याउन तीन महिना अशान्त

मोरङ कारागार विराटनगरमा गिरीलाई ल्याउन तीन महिना अशान्त

विराटनगर । मोरङ कारागार भित्रबाट विराटनगरका उद्योगी–व्यवसायीलाई आतंकित पारेको भन्दै डिल्ली बजार कारागार सरुवा गरिएका अभिषेक गिरीलाई फर्काउन पछिल्लो तीन महिना ठूलै कसरत गरियो । कैैदीबन्दीलाई चरम यातना समेत दिएका चौकीदार गिरीलाई २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थान्तरण गरिएको थियो ।

त्यसयता सरकार अनुकुल नहुँदा गिरी डिल्ली बजार कारागारमै थिए । तर, सरकारको फेरबदलसँगै परिस्थिति अनुकुल भएपछि गिरीले कारागारबाटै चलखेल गरेर गत भदौ १७ गते मोरङ सरुवा गराएरै छाडे । तर, मोरङ कारागारका चौकीदार नविन राईसहितको समूहले त्यसको विरोध गरे ।

विरोध भएपछि कारागार विभागले गिरीको सरुवा तत्काललाई स्थगित गरेको थियो । त्यसपछि भने मोरङ कारागार प्रशासनिक दंगाको केन्द्र बन्यो । गिरीलाई ल्याउन कारागार भित्रका कैदीबन्दीलाई उक्साउने र हिंसा भड्काउने कामले निरन्तरता दिइयो । गिरीलाई ल्याउन चौकीदार नविन राईका विरुद्ध कैदीबन्दीलाई परिचालन गरियो । राईको सरुवासँगै अर्का किरण गुरुङलाई निमित्त दिइयो । गुरुङलाई निमित्त दिएपछि गिरीलाई गत कार्तिक १६ गते मोरङ कारागार ल्याइयो । तर, गुरुङ नेतृत्वको टोलिले गिरीको विरोध गरेपछि गिरीलाई सप्तरी लगियो ।

त्यसपछि गुरुङ विरुद्ध अर्का कार्तिक कामत समूहलाई उक्साएर कारागार अशान्त पारियो । कार्तिक २४ गते भएको झडपमा सिर्जित झडपमा कामत समूहले गुरुङ समूहमाथि आक्रमण गर्दा छ जना घाइते भए । प्रशासनले गुरुङसहित १४ जनालाई सरुवा गरेर गिरीका लागि अर्को वातावरण तयार पा¥यो । गुरुङसहित १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थान्तरण गरियो ।
गिरीको योजनामा भएको झडपपछि कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । कामत गिरीकै नजिक रहेको बताइन्छ । कार्तिक २४ गते चौकीदार नियुक्त भएका कामतले समेत एक हप्ता अगाडी सप्तरीबाट मोरङ आउन खोजेका गिरीलाई ठाउँ नदिने संकेत दिए । जिल्ला कारागार सप्तरीले मोरङ कारागारलाई गिरीलाई पठाउन लागेको पत्राचार गरेको थाहापाएपछि गत हप्ता कामतको समूह विरोधमा उत्रिएको थियो ।

त्यसपछि प्रशासनले चौकीदार कामतसहित ८ जनालाई सरुवा गरिदियो र गिरीलाई हिजो राती मोरङ कारागार ल्यायो । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गिरी गुण्डा नाइके हुन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा कारागार विभागले उनलाई मोरङ सरुवा गरेको थियो । जसका कारण मोरङ कारागार प्रशासनिक हुलदंगाको केन्द्र मात्रै बनेन यसबीचमा तीनजना कैदीबन्दीको ज्यान समेत गयो । विराटनगरका स्थायी बासिन्दा गिरीसँग यहाँका स्थानीय उद्योगी–व्यवसायी आतंकित छन् । उनलाई यहाँ ल्याउन नेपाली काँग्रेसका नेता अमृत अर्यालको ईच्छा रहेको आरोप लगाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्