चुम्लुङद्वारा प्रदेशको नाम किरात राख्न माग

चुम्लुङद्वारा प्रदेशको नाम किरात राख्न माग

विराटनगर । किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशको ना किरात राख्न माग गरेको छ । किरात याक्थुङ चुम्लुङ बिराटनगर महानगर समिति मोरङले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो लिम्बूलाई भेटेर सो माग गरेको हो ।

चुम्लुङको महानगर समिति अध्यक्ष टिका चोङ्बाङ लिम्बू, सचिव लक्ष्मी मेयाङ्बो, नेपाल आदिबासी जनजाति महासंघको मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेबे लगायतको टोली मन्त्रालय पुगेका थिए ।

टोलीको तर्फबाट बोल्ने क्रममा नेपाल आदिबासी जनजाति महासंघको मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेबेले १ नम्बर प्रदेशको नाम किरात राख्न तत्काल पहल थाल्न मन्त्री आङ्बोसँग आग्रह गरेका हुन् । प्रदेशको नाम किरात राख्दा सबैको साझा पहिचानहुने बताए । किरात कुनै जाति नभएर इतिहास, सभ्यता र भूगोल भएकोले महासंघ र चुम्लुङले आधिकारिक रुपमा प्रमाणित कागजात लिएर प्रदेश सरकारलाई बुझाउने समेत थेबेले बताए ।

चुम्लुङ टोलीले मन्त्री आङ्बोलाई फुलको गुच्छा, सिलाम साक्मा र खादाले सम्मान गरेको थियो । सोही क्रममा बिराटनगरमा चुम्लुङको सभा हलसहितको भवन निर्माणको लागि योजना समेत पेश गरेका थिए ।

किरात धार्मिक नेतृत्व आत्मानन्द लिङ्देन लिम्बू, किरात मोर्चाको केन्द्रीय नेता डिल्लि मिभक लिम्बू लगायतले प्रदेशको नाम किरात राख्न प्रस्ताव गरिसकेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९लिम्बुवान०को तर्फबाट प्रदेश सरकारको सामाजिक बिकास राज्य मन्त्री बिष्णुमाया तुम्बाहाम्फेले भने लिम्बूवान किरात खम्बूवान नाम राख्दा उचित हुने बताउदै आएकी छन् ।

किरात राई यायोक्खा, किराती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा लगायतले समाजिक राजनीतिक संगठनहरु र प्रदेश सभामा रहेका बहुमत सांसदहरुले प्रदेशको नाम किरात वा किरातसँग जोडेर नाम राख्न पहल गर्दै आएका छन् । प्रदेशमा नव गठित सरकारको मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बू लगायतले प्रदेशको नाम किरात जोडेर बुहपहिचानको आधारमा नाम राख्दा ठीकहुने विचार ब्यक्त गर्दै आएका छन् ।

साभार:हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्