कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङको उर्लाबारी–८ बस्ने १७ वर्षीय अभिषेक चौधरीलाई धारिलो हतियार प्रहार गरि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारी–८ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । साउन ११ गते दिउँसो करिब १ बजे फुटबल खेल्ने निहुँमा अधिकारीले धारिलो हतियार प्रहार गरि चौधरीलाई गम्भीर घाईते बनाएका थिए । घाईते उनलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले अधिकारीको खोजी कार्य तीव्र बनाएको थियो ।

मंसिर ७ गते इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले भने हाल उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालत मोरङ पेश गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्