२८१ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु

२८१ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १०४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ८०५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २९८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ ।

यसैगरी देशभर हालसम्म सात हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्