कोभिड १९ पछी गति लिदै विराटनगरको क्युएफएक्स सिनेमा हल

कोभिड १९ पछी गति लिदै विराटनगरको क्युएफएक्स सिनेमा हल

बिराटनगर मङ्सिर ९ , कोभिड १९ महामारीमा थला परेको सिनेमा हलहरु संचालनमा आउन थालेका छन् । बिराटनगरको भाटभटेनीमा ४ सय २४ जना दर्शक अटाउन सक्ने सिट क्षमता रहेको हल संचालनमा आएको केहि समयमा नै कोभिड महामारीले बन्द रहेको थियो । हाल केहि हप्ता देखि उक्त हल फेरी दर्शकको रोजाइमा पर्न थालेको क्युएफएक्स सिनेमा हलका बिराटनगर फेसिलिटी म्यानेजर राजन ठाडा मगरले बताएका छन् ।

केहि हप्ता अगाडी रिलिज भएको अक्षय कुमार अभिनित हिन्दी चलचित्र सुर्यबंशीबाट हलमा दर्शक फर्कन थालेका छन् । क्युएफएक्स सिनेमाले हाल सम्पूर्ण स्वास्थ्य मापदण्ड सहित हल संचालनमा ल्याएको जनाएको छ ।

भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा क्यूएफएक्स सिनेमा हलमा सलमान खान अभिनित भारतीय बहुप्रतिक्षित "अन्तिम" चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउने छ । त्यस्तै जोन अब्राहम अभिनित सत्यमेव जयते २ आजबाट संचालनमा रहेको छ ।

बिराटनगर स्थित हलमा २ वटा स्क्रिनहरूमा डल्बी एटमस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ । जसले इन्हान्स साउण्ड क्वालीटी प्रदान गर्ने सञ्चालकले जनाएका छन् ।
नयाँ मल्टिप्लेक्समा क्रिष्टि प्रोजेक्ट सिस्टम पनि रहेको छ । जसले पिक्सेलहरूको समायोजन गरी अप्टिमल इमेज क्वालिटी प्रदान गर्छ । जसले गर्दा दर्शकहरूले सबैभन्दा इन्हान्स्ड सिनेमेटिक एक्सपेरियन्स गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्