लागूऔषध सहित एक जना पक्राउ

लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङको कटहरी गाउँपालिका–१ का ३० बर्षीय सुजित पौडेललाई पक्राउ गरेको हो । बिहीबार करिब २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लुपिजेसिक ८ एम्पुल, डाईजल्याब ८ एम्पुल, एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र डायलेक्स डिसी १ बोतल बरामद गरेको छ ।

पक्राउ परेका पौडेलको भने ईलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन् । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्