लडेर मृत्यु

<span class='c1'>लडेर</span> <span class='c2'>मृत्यु</span>

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका–१ का १८ वर्षीय सन्दीप महतो रहेका प्रहरीले जनाएको छ ।

विद्यालयको भ¥याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । गम्भीर घाइते महतोलाई उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा लगिएको त्यहाँ सुधारोन्मुख नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा गए राति उनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा २० लाखको क्षति
जिल्लाको सोनमा गाउँपालिका–२ स्थित एक घर, किराना पसल र धान कुट्ने मिलमा आज बिहान आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । जिप्रका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी रामएकवाल साहले घरमा आगलागी भएको थियो । आगलागीबाट किराना पसलभित्रका सम्पूर्ण सरसामान सहित मिलमा रहेका सम्पूर्ण अन्न क्षति भएको प्रहरीले जनाएको छ । सो आगलागीबाट मानवीय तथा पशुजन्य क्षति नभएको र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्