उद्योग दिवसमा धनुषाका पाँच जना उद्यमी सम्मानित

<span class='c1'>उद्योग दिवसमा धनुषाका पाँच</span> <span class='c2'>जना उद्यमी सम्मानित</span>

लक्ष्मी चौधरी
जनकपुरधाम । सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, धनुषाले विभिन्न उद्यमीलाई सम्मान गरेको छ ।
धनुषा जिल्लाका पाँच जना उद्यमीलाई बिहीबार उद्योग दिवसको अवसर पारेर एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

सम्मानित हुनेमा जनकपुरधाम १६ निवासी लाहचुरा उद्यमी मीना देवी केवट, बटेश्वर निवासी पात्ताको टपरी उद्यमी रामकुमार महतो, लोहना निवासी मिथिला चित्रकला उद्यमी शोभा कर्ण, औरही ६ निवासी सर्फ तथा साबुन उद्यमी सीता देवी मण्डल र बटेश्वर निवासी अगरवत्ती उद्यमी बसन्त रमौली हुन् । उद्योग क्षेत्रमा सहयोग गर्नुको साथै स्थानीय युवाहरुलाई रोजगारी समेत सृजना गरेकाले विशेष प्रोत्साहन सहित सम्मान गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, प्रदेश नं.२ का निमित्त निर्देशक विपिन कुमार ठाकुरले उद्योगको हकहित तथा विकासका लागि आफ्नो स्तरबाट विशेष सहयोग गर्न तर्फ लागि परेको बताउनुभयो । धनुषा र महोत्तरीमा औद्योगिक करिडोर निर्माण तर्फ जोड दिदै उहाँले प्रदेश सरकारले समेत उद्योगको हकहित तथा विकास तर्फ विशेष रुपमा लागि परेको प्रष्ट पार्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय, जनकपुरधामले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता कार्यालयका निमित्त उद्योग अधिकृत अरविन्द कुमार झाले गर्नुभएको थियो भने जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, अध्यक्ष जितेन्द्र महासेठ, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनुषाका खाद्य निरीक्षक विपिन ठाकुर, कार्यालयका कर्मचारी नागेन्द्रप्रसाद साहलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जितेन्द्रप्रसाद सिंहले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा २०७२ सालदेखि उद्योग दिवस मनाउन थालिएको हो ।

सातौं उद्योग दिवसको अवसरमा उद्यमीहरुलाइ सम्मान गरिँदै । तस्विर:लक्ष्मी चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्