विराटनगरको कोशी अस्पतालमा बिषादी सेवन गरेका बिरामीको उपचार ८ दिनमा सुरु

विराटनगरको कोशी अस्पतालमा बिषादी सेवन गरेका बिरामीको उपचार ८ दिनमा सुरु

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा हप्ता दिनदेखि बेबारिसे अवस्थामा रहेका धनकुटा–२ का अर्जुन सुवेदीको उपचार बल्ल सुरु भएको छ ।

बिषादी सेवन गरेको बिरामीलाई आकस्मिक कक्षमा छाडेर आफन्तजन सम्पर्क विहीन बनेपछि विगत ८ दिनदेखि उनले उपचार पाउन सकेका थिएनन् । ८ दिनदेखि उनी आकस्मिक कक्षको भुँईमै बेबारिसे छाडिएका थिए । चिकित्सक र नर्सहरुले समेत ध्यान नदिएको सुचना पाएलगत्तै समाचार संकलनका निम्ति आवर विराटनगरको टीम बिहीबार अस्पताल पुगेपछि अस्पतालले उनको उपचार सुरु गरेको हो । बिरामीको आफन्तसँग कुनै सम्पर्क नभएपछि अस्पतालले उनको उपचारमा ढिलाई गरेको थियो । चिकित्सक र नर्सहरुले समेत उनको उपचारमा ध्यान नदिएको मोरङको कटहरी–७ की सामाजिक अभियान्ता सुनिता देवी सरदारले बताईन् ।

सामाजिक अभियन्ता सरदारकै सुचनाको आधारमा बिहीबार आवर विराटनगरको टीम अस्पताल पुगेको थियो । त्यतिबेलासम्म सरदारले आफ्नै खर्चमा बिरामीका लागि म्याट, लत्ताकपडा र खानेकुरा लगायतका सामाग्रीहरुको व्यवस्था गरेर बिरामीलाई दिईसकेकी थिईन् । अस्पताल प्रशासनसँग पटकपटक आग्रह गरेपछि बिहीबार बल्ल अस्पतालले बिरामीलाई स्लाईन पानी चढाएको सरदारले जानकारी दिईन् ।

बिषादी सेवन गरेर सिकिस्त भएका उनलाई मंसिर २ बेलुका उनकी श्रीमतीले कोशी अस्पताल ल्याएकी थिईन् । अस्पतालले आईसियुमा राखेर उपचार गर्नुपर्छ भनेपछि उनीले ३ गते उपचार नगराईकनै बिरामी फिर्ता लिएर गईन् । बिरामीको अवस्था नाजुक बन्दै गएपछि मंसिर ५ गते पुनः बिरामीको फुपु तुलकुमारी भट्टराईले उनलाई अस्पतालको आकस्मिक कक्षमा छोडेकी हुन् । त्यसयता फुपु सहित बिरामीका आफन्तजनहरु सम्पर्कविहिन भएकोे अस्पतालले जनाएको छ । अस्पतालले उपचार गरिदिएपनि बिरामीको हेरचाह गर्ने जनशक्तिको अभावमा अवस्था झनै बिग्रनसक्ने जोखिम रहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए । उनले बिरामीको जिम्मा सम्बन्धित स्थानीय तहले लिनुपर्ने जिकिर गरे ।

बिरामी सुवेदीलाई भने उपचार हुँदाहुँदै पुनः बिहीबार राती ११ बजे उनका आफन्तजनले धनकुटा लिएर गएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रभात नेपाल र सुरज केसी नाम गरेका दुईजनाले बिरामीलाई लिएर गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्